वेदकोट नगरस्तरीय तेस्रो मेयर कप फुटबल प्रतियोगिता सुरु
जनप्रतिनिधि र कर्मचारीबीच भएको खेलमा कर्मचारीले ३–० को अन्तरले विजय हासिल गर्यो


कञ्चनपुर- वेदकोट नगरस्तरीय तेस्रो मेयर कप फुटबल प्रतियोगिता २०८२ भव्य कार्यक्रमका बिच सुरु भएको छ ।


कार्यक्रमका प्रमुख अतिथि आदरणीय नगर प्रमुख भोजराज बोहरा रहनु भएको थियो भने कार्यक्रमको अध्यक्षता नगरप्रवक्ता तथा वडा नम्बर ५ का अध्यक्ष चित्रदेव भट्ट रहनु भएको थियो ।




कार्यक्रममा विशिष्ट अतिथि नगर उप–प्रमुख तुलसी जोशी, निवर्तमान नगर प्रमुख अशोक कुमार चन्द, वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, प्रधानाध्यापक, पत्रकार, बुद्धिजीवी, समाजसेवी, खेलाडी तथा स्थानीय बासिन्दाहरूको उपस्थिती रहेको थियो ।
यस वर्षको उद्घाटन खेल जनप्रतिनिधि र कर्मचारी टोलीबीच सम्पन्न भएको थियो । खेलमा कर्मचारी टोलीले ३–० को अन्तरले विजय हासिल गरेको छ ।

कर्मचारी पक्षबाट कमल कलौनीले २ गोल र प्रकाश कलौनीले १ गोल गर्दै टोलीलाई जित दिलाएका थिए । कार्यक्रमको उद्घोषणा वडा नम्बर ५ का वडा सदस्य पुष्कर सिंह बिष्टले गर्नु भएको थियो ।
मेयर कप प्रतियोगिता निरन्तर रूपमा सञ्चालन हुँद आएको छ । उक्त प्रतियोगिको आयोजना बेदकोट नगरपालिका ५ नं.वडा कार्यालयले गरेको हो ।