बाजुरामा बाटोमै सुरक्षित सुत्केरी सेवा

बाजुरा- बाजुराको बुढिगंगा नगरपालिका–७ सिमलकोटमा अनमी विनिता बिष्टले बाटोमै सुत्केरी सेवा प्रदान गरेकी छिन्। स्वास्थ्य संस्थातर्फ लैजाने क्रममा महिलालाई अचानक प्रसव पीडा शुरू भएको जानकारी पाएपछि बिष्टले तत्काल घटनास्थल पुगेर सहयोग गरेकी हुन्।

नगर स्वास्थ्य संयोजक दीपक बहादुर शाहका अनुसार बिष्टको समयमै गरिएको प्रयासका कारण आमा र शिशु दुवै सुरक्षित छन्। अनमी बिष्ट सिमलकोट आधारभूत स्वास्थ्य सेवामा कार्यरत छिन्।

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...