काठमाडौँबाट धनगढीतर्फ आउदै गरेको बस दुर्घटना हुँदा एक को मृत्यु, पाँच घाइते

धनगढी- कपिलवस्तुको शिवराज नगरपालिका-१ बनकसबासस्थित पूर्व–पश्चिम राजमार्गमा गएराति भएको बस दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।

Dadeldhura hospital

वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक सन्तोष घिमिरेका अनुसार बुधवार राति करिब २ बजे काठमाडौँबाट धनगढीतर्फ जाँदै गरेको बा.प्र.०१–००६ ख ८५०६ नम्बरको यात्रुबाहक बस दुर्घटनामा भएको हो। बसले बाटो क्रस गर्दै गरेका एक पैदलयात्रीलाई ठक्कर दिँदा बस अनियन्त्रित भई सडकमा पल्टिएको उनको भनाइ छ। 

godawari10 Mahila hinsa
Navadurga sun

दुर्घटनामा करिब ५०/५५ वर्षका एक पुरुष पैदलयात्रीको मृत्यु भएको प्रहरी निरीक्षक घिमिरेले बताए। उनलाई उपचारका लागि आधारभूत अस्पताल चन्द्रौटा ल्याइएको र चिकित्सकले बिहान करिब ३ बजे मृत घोषणा गरेका हो। बसमा सवार पाँच जना घाइते यात्रुको सञ्जिवनी सामुदायिक अस्पताल चन्द्रौटामा उपचार भइरहेको प्रहरीले जनाएको छ।

घाइते हुनेमा कञ्चनपुर जिल्लाको बेदकोट नगरपालिका-७ को ४३ वर्षीय जग्गुराम दगौरा, काठमाडौँको बुढानिलकण्ठ नगरपालिका-६ का ४५ वर्षीय टेकेन्द्र खत्री, कञ्चनपुर भीमदत्त नगरपालिका-१० का २४ वर्षीय भरत नाथ, कञ्चनपुर लालझारी गाउँपालिका-१ का ३६ वर्षीय भिमबहादुर चौधरी र कञ्चनपुर गुलरिया नगरपालिका-४ की  १४ वर्षीय रितु लोहार रहेको प्रहरीले जनाएको छ । बसमा करिब ३५ जना यात्रु सवार रहेको र बस चालक प्रहरीको नियन्त्रणमा रहेको प्रहरी निरीक्षक घिमिरेले बताए। 

Loading...