बैतडीमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, ४ जना घाइते

बैतडी- मेलौली नगरपालिका-७ स्वाखानीमा जीप दुर्घटना भएको छ । शिवनाथबाट मेलालीतर्फ आइरहेको से१ज ७३२ नम्बरको जीप स्वाखानीमा बुधबार राति राति दुर्घटना भएको हो ।

Dadeldhura hospital

दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएको प्रहरीले जनाएको छ ।

Navadurga sun
Godawari sandesh

गम्भीर घाइते भएका मेलाली नगरपालिका–२ की २३ वर्षीय तुलसी पाण्डेयको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका क्रममा बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता बल्देव बडूले बताए ।

घाइते हुनेमा दशरथचन्द नगरपालिका-७ का ३४ वर्षीय जनक बडु, मेलाैली-२ बस्ने ४३ वर्षीय डम्बरदत्त पाण्डे,३४ वर्षीय हरिश पाण्डे र २८ वर्षीय ओम पाण्डे रहेका छन् ।  उनीहरुलाई थप उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको छ । रासस

Loading...