समयमै सामाजिक सुरक्षा भत्ता पाएपछि ज्येष्ठ नागरिक खुसी

कञ्चनपुर- समयमै सामाजिक सुरक्षा भत्ता पाउँदा शुक्लाफाँटा नगरपालिका–८ बेलडाँडीकी ७३ वर्षीया मनादेवी साउद अत्यन्तै खुशी भएकी छिन् । तिहारलाई लक्षित गरी नगरपालिकाले बैंक खातामार्फत रकम पठाएपछि उनले मीठोमसिनो खाने, नयाँ लुगा किन्ने र छोरीलाई दान दक्षिणा गर्ने योजना बनाएकी छिन् ।

Ganyapdhura gau

“दसैँमा भत्ता नपाउँदा सरसापट गरेरै मनाएका थियौँ, यो तिहारमा भने रकम समयमा आउँदा रमाइलो भयो,” साउदले हाँस्दै भनिन् ।

Navadurga sun

सोही वडाका ७५ वर्षीय करवीर साउदले पनि रकम पाउँदा सहज महसुस गरेको बताए। तर, बैंकसम्म पुग्दा कठिनाइ भएको उनले बताए । “कच्ची सडक हुँदै सात किलोमिटर टाढाको बैंक पुग्न अटोको सय रुपैयाँ भाडा तिर्नुपर्छ, बैंकमा भीडले घण्टौँ पालो कुर्नुपर्छ,” उनले भने, “पहिले झैँ वडामै वितरण भए अझ सजिलो हुन्थ्यो।”

Dadhaldhura pur

नगरपालिकाका ११ वटै वडाका लाभग्राहीले भत्ता पाएका भए पनि वडा नं २ का लाभग्राही भने अझै रकम पाउन सकेका छैनन्। भत्ता पाउने व्यक्तिको विवरण बैंकमा पठाउन छुटेकाले रकम रोकिन पुगेको बताइएको छ।

वडा नं २ का ७१ वर्षीय धनिराम चौधरी भत्ता पाउने आशामा अटो भाडा तिरेर बैंक पुगेका थिए। तर रकम नपाएपछि उनी रित्तो हात फर्किन बाध्य भए। “छिमेकीसँग अटो भाडा सरसापट गरेर बैंक पुगेका थियौँ, तर रकम नपाउँदा निराश भएर फर्किनुपर्‍यो,” चौधरीले भने।

नगरपालिकाको सूचना प्रविधि शाखाका अधिकृत लोकराज भट्टका अनुसार तिहारलाई लक्षित गर्दै सामाजिक सुरक्षाअन्तर्गतका ५,२१३ जना लाभग्राहीको भत्ता रकम बैंक खातामा पठाइएको छ।

तीमध्ये ज्येष्ठ नागरिक २,६५०, ज्येष्ठ दलित २९७, ज्येष्ठ एकल महिला ४३०, विधवा ८७२, पूर्ण अपाङ्गता भएका ११९, अतिअशक्त अपाङ्गता भएका २७४ र दलित बालबालिका ५७१ जना रहेका छन्।

ADD Khali jpg
ADD Khali jpg
Loading...