आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक २०७८ बहुमतले पारित

काठमाडौँ, ७ असाेज– प्रतिनिधिसभाको आजको बैठकले “आर्थिक विधेयक, २०७८” र “राष्ट्र ऋण उठाउने विधेयक, २०७८ लाई पारित गरेको छ । बैठकमा अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गर्नुभएको उक्त दुई विधेयक सभाको बहुमतले पारित गरेको हो ।

उक्त विधेयकहरू माथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ दिँदै अर्थमन्त्री शर्माले सम्पत्तिको आधारमा कर लगाउने गरी व्यवस्था आर्थिक विधेयकमा नगरिएको तथा मानव स्वास्थ्यमा हानी पुर्‍याउने कुराहरूमा बढी कर लगाउने व्यवस्था गरिएको जानकारी गराएका थिए ।

Navadurga sun

अर्थमन्त्री शर्माले बागमती प्रदेशमा रहेका उद्योगधन्दाहरूलाई अन्यत्र सार्ने प्रक्रियाका प्रक्रिया प्रारम्भ भएको बताए । “आर्थिक विधेयक, २०७८” “राष्ट्र ऋण उठाउने विधेयक, २०७८ माथि सांसद प्रेम सुवालले मात्रै संशोधन हाल्नुभएको थियो र छलफलमा भाग लिएका थिए । बैठकमा प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले “विनियोजन विधेयक, २०७८” का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशको जानकारी गराएका थिए ।

बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् गठन सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाएका थिए । प्रतिनिधिसभाको आजको बैठक सुरु हुने बित्तिकै प्रमुख प्रतिपक्षी दलका सांसदहरुले रोष्टम अगाडि पुगेर नाराबाजी सुरु गरेपछि सभामुख सापकोटाले यथास्थानमा बसेर बैठक सञ्चालनका लागि आग्रह गरेका थिए ।

सभामुख सापकोटाले नाराबाजी गरिरहेका प्रतिपक्षीका सांसदहरूलाई संविधानको धारा १ सय ५ तथा नियमावली २०७५ को नियम २१ को पनि स्मरण गराइएको समेत थियाे ।  प्रतिनिधिसभाको अर्को बैठक असोज ११ गते सोमबार दिउँसो २ बजे बस्ने छ ।

ADD Khali jpg
ADD Khali jpg
Loading...