महाकाली अस्पतालमा ‘सिटी स्क्यान’ सेवा सुरु

कञ्चनपुर- महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा ‘सिटी स्क्यान’ सेवा सुरु भएको छ। मंगलवार सुदूरपश्चिम प्रदेश, सामाजिक विकास मन्त्रालयका सचिव डा हेमराज रेग्मी, अस्पताल व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष कृष्णानन्द भट्ट र अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा अर्जुन भट्टले सेवाको सुभारम्भ गरेका हुन्।

सचिव रेग्मीले सेवा सञ्चालनमा आएसँगै यहाँका जनताले विशेषज्ञ स्वास्थ्य सेवा सहज रूपमा पाउने बताए। ुप्रदेश सरकारको उद्देश्यअनुसार सिटि स्क्यान सेवा थपिएपछि यहाँका जनताले विशेषज्ञ सेवा पाउने छन्, उनले भने, भविष्यमा पनि सरकारले थप विशेषज्ञ सेवा थप्दै जानेछ।

Navadurga sun

अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा भट्टले लामो प्रयासपछि अस्पतालमा सिटि स्क्यान सेवा थपिएको बताए। उनले ६४ ‘स्लाइस’को सिटी स्क्यान थपिएको बताए। अस्पतालले सिटी स्क्यान जडानका लागि गत फागुनमा बालाजी सर्जिकल सप्लायर्ससँग तीन करोड ८३ लाख ५५ हजार ५६० मा सम्झौता गरेको थियो।

व्यवस्थापन समितिका निर्वतमान अध्यक्ष कृष्णानन्द भट्टले अस्पतालमा सिटी स्क्यान सेवा सुरु भएपछि यहाँका बिरामीले उपचारका लागि अन्यत्र जानुपर्ने बाध्यता हट्ने विश्वास व्यक्त गरे।

विसं २०२० मा प्राथमिक स्वास्थ्य केन्द्रका रूपमा स्थापना भएको अस्पताल २०३१ सालमा २५ श्ययाको जिल्ला अस्पतालमा परिणत भएको थियो। पछि विसं २०४३ मा ५० श्ययामा स्तरोन्नतिसँगै अञ्चल अस्पताल (रेफरल सेन्टर) मा परिणत गरियो। सङ्घीयतापछि भने प्रादेशिक अस्पतालका रूपमा विशेषज्ञ सेवा दिन थालिएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...