धनगढी- कैलाली उद्योग वाणिज्य संघलाई धनगढी उप–महानगरपालिकाले कर दाखिला गर्न ताकेता गरेको छ ।



उप–महानगरले आ.व. २०८१/०८२ मा सञ्चालन गरिएको सुदूरपश्चिम महोत्सवका क्रममा बहालमा लिइएका जग्गा तथा महोत्सवमा राखिएका पसलहरूबाट उठ्नुपर्ने बहालकर र मनोरञ्जनात्मक कृयाकलापबाट बुझाउनुपर्ने मनोरञ्जन कर अहिलेसम्म नतिरेको भन्दै पुनः ताकेता पत्र पठाएको हो ।


नगर कार्यपालिकाको कार्यालय, धनगढीले बिहीबार जारी गरेको ताकेता पत्रमा कर नतिरेका कारण आर्थिक ऐन २०८१ बमोजिम कर दाखिला गर्न अनुरोध गरिएको उल्लेख छ ।
नगर प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र बहादुर खातीद्वारा हस्ताक्षरित उक्त पत्रको प्रतिलिपि जिल्ला प्रशासन कार्यालय धनगढीलाई समेत बोधार्थ पठाइएको छ ।





