देशभर मनसुनी वायुको प्रभाव, विभिन्न स्थानमा वर्षाको सम्भावना

हाल देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रही बाँकी भागमा आंशिक बदली रहनेछ ।

कोशी, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा अन्य प्रदेशका पहाडी र तराई भू–भागमा मेघगर्जनसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ ।

आज राति पनि कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारण बदली रहने र कर्णाली तथा सुदूरपश्चिमका पहाडी र तराई क्षेत्रमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षा हुने विभागले जनाएको छ ।

Loading...