धनगढी बस दुर्घटना हुँदा एक जनाको मृत्यु

धनगढी- धनगढीबाट पोखरातर्फ जाँदै गरेको यात्रुबाहक बस धनगढीको बोराडाँडीमा दुर्घटना भएको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर ३ स्थित बोराडाँडीमा ग २ ख १९०७ नम्बरको बस शनिबार बिहान दुर्घटना भएको हो ।

Dadeldhura hospital

सो दुर्घटनामा घाइते भएका एक पैदलयात्रीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डीएसपी राजकुमार सिंहले ६० वर्षीय गणेश शाहीको मृत्यु भएको बताए ।

godawari10 Mahila hinsa
Navadurga sun

यस्तै दुर्घटनामा २ दर्जन बढी घाइतेहरु उपचाररत छन् ।  प्रहरीका अनुसार बसमा १९ जना सवार रहेका थिए । घाइतेहरुको विस्तृत विवरण खुल्न बाँकी रहेको र थप विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ ।

Loading...