बैतडीमा इभि गाडी दुर्घटना हुँदा १० जना घाइते

Navadurga sun

बैतडी- बैतडीमा इभि गाडी दुर्घटना हुँदा १० जना घाइते भएका छन् ।

शनीबार दिउँसो ३ बजेको समयमा धनगढीबाट बैतडी जाँदै गरेको सुप प्र ०२-०० १ज ०६२० नम्बरको इभि गाडी सुर्नया गाउँपालिका ७ मा दुर्घटना हुँदा १० जना घाइते भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

घाइतेहरुको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । गाडीमा १८ जना सवार रहेकोमा ८ जना भने सकुशल रहेका छन् । घाइतेहरुको अवस्था सामान्य रहको जनाइएको छ ।

गाडी चालक पुर्चौँडीका २३ वर्षीय महेस बोहरा भने फरार रहेको र उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

गाडी सडकबाट २५/३० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

Loading...