भीमदत्त नगरपालिकामा प्रयोगशाला सञ्चालन

कञ्चनपुर- कञ्चनपुरको भीमदत्त नगरपालिका–१६ स्थित सहरी स्वास्थ्य केन्द्रका प्रयोगशाला सेवा सञ्चालनमा आएपछि यहाँका स्थानीयलाई सामान्य उपचारका लागि अन्यत्र जानुपर्ने बाध्यता हटेको छ।

गाउँकै स्वास्थ्य केन्द्रमा स्वास्थ्य परीक्षणसहितको सेवा पाएपछि यहाँका स्थानीयले सामान्य स्वास्थ्य परीक्षणका लागि महेन्द्रनगर सदरमुकाम जानुपर्ने बाध्यता अन्त्य भएको हो। “गाउँमै प्रयोगशालासेवा सञ्चालन भएपछि हामीले सामान्य स्वास्थ्य परीक्षणका लागि महेन्द्रनगर बजार जानुपर्ने बाध्यताको अन्त्य भएको छ।’ भीमदत्त नगरपालिका–१६ का स्थानीय जयन्ती सामन्तले भनिन्, ‘विरामी हुँदा धेरै स्वास्थ्य परीक्षण त यही हुन्छ यसले यहाँका स्थानीयलाई धेरै राहत भएको छ।’ सहरी स्वास्थ्य केन्द्रले मधुमेह, टाइफाइड, मलेरिया, खकार र पिसाबलगायत २९ प्रकारका रोगको परीक्षण गाउँमै उपलब्ध गराउँदै आएको छ। केन्द्रबाट ज्येष्ठ नागरिक र असहायलाई निःशुल्क सेवा समेत दिने गरिएको छ।

गाउँमै स्वास्थ्य केन्द्रमा प्रयोगशालासहितको स्वास्थ्यसेवा पाएपछि दीर्घ रोगी र ज्येष्ठ नागरिकलाई ठूलो राहत पुगेको यहाँका स्थानीय बताउँछन्। ‘वडामै स्वास्थ्य परीक्षण हुन थालेपछि यहाँका बिरामीले आठ किलोमिटर टाढा रहेको महाकाली प्रादेशिक अस्पताल जानुपर्ने बाध्यता हटेको छ।’ यहाँका स्थानीय मैनाबति चौधरीले भनिन्, “बुढापाका र बालबालिकाका लागि एकदमै सहज भएको छ।’ विसं २०६८ मा स्थापना भएको स्वास्थ्य केन्द्रले स्थापनाको समय परिवार नियोजन र गर्भवती जाँच लगायतका आधारभूत सेवा प्रदान गर्दै आएको भए तापनि २०७२ सालमा बर्थिङ सेवा विस्तार गरेको थियो।

विसं २०७९ मा प्रयोगशाला सेवा सञ्चालन गरेर विभिन्न रोगको परीक्षण तथा बिरामीलाई आवश्यक औषधि निःशुल्क उपलब्ध गराउन थालेको सहरी स्वास्थ्य केन्द्रका प्रमुख तोयराज भट्टले जानकारी दिए। ‘केन्द्रमा मधुमेह, टाइफाइड, मलेरिया, खकार र पिसाबलगायत २९ प्रकारका रोगको परीक्षण हुँदै आएको छ।’

Navadurga sun

उनले भने, ‘हामीले २४ घण्टा सेवा दिइरहेका छौँ, यहाँका स्थानीयले सहज रुपमा स्वास्थ्य सेवा लिन सक्छन्।’ उनका अनुसार गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक र विपन्न अशहायहरुलाई केन्द्रबाट निःशुल्क सेवा प्रदान हुदै आएको छ। स्वास्थ्य केन्द्रमा दैनिक ४० देखि ५० जनासम्म यहाँ उपचारका लागि आउने गरेको उनले बताए। केन्द्रलाई भीमदत्त नगरपालिकाले आवश्यक औषधि नियमित रूपमा उपलब्ध गराउँदै आएको छ। रासस

ADD Khali jpg
ADD Khali jpg
Loading...