कैलाली भन्सार कार्यालय ध्वस्त, ल्यापटपकै भरमा पेट्रोलियम आयात सञ्चालन

धनगढी- जेन–जी आन्दोलनका क्रममा मंगलबार कैलाली भन्सार कार्यालय पूर्ण रूपमा ध्वस्त भएको छ । कार्यालय भित्रका सम्पूर्ण भौतिक संरचना नष्ट भएपछि आयात–निर्यात कार्य अवरुद्ध भएको हो ।

तर, नेपाल आयल निगमको आग्रहमा पेट्रोलियम पदार्थको आयात भने पुनः सुरु गरिएको छ । बिहीबार मात्र भन्सार कार्यालय बाहिर शिविर सञ्चालन गरेर १२ ट्याङ्कर डिजेल र ८ ट्याङ्कर पेट्रोल धनगढी भित्र्याइएको निगम, प्रादेशिक कार्यालय धनगढीका प्रमुख हरि जोशीले जानकारी दिए ।

Navadurga sun

भन्सार कार्यालयमा कम्प्युटर र फर्निचर नष्ट भएकाले प्राङ्गणमै शिविर राखी एक ल्यापटपको भरमा काम गरिएको थियो ।भारतीय भन्सारले भने कागजी प्रक्रिया पूरा गर्न आग्रह गरेपछि पत्राचारमार्फत सहमति जुटाइएर सशस्त्र प्रहरीको स्कटिङमा गाडी धनगढी ल्याइएको हो ।

धनगढीस्थित निगम डिपोमा हाल ८० प्रतिशतसम्म पेट्रोलियम पदार्थ मौज्दात रहेको छ । निगमले शुक्रबार मात्रै २५ ट्याङ्कर डिजेल र १५ ट्याङ्कर पेट्रोल आपूर्तिका लागि भारत पठाएको जनाएको छ ।

जोशीका अनुसार बजारमा इन्धन अभावको हल्ला भए पनि आपूर्ति सहज छ । कतिपय पेट्रोल पम्पहरूले सुरक्षाका कारण ढिलाइ गरे पनि निगमले आवश्यक वितरण गरिरहेको उनले स्पष्ट पारे ।

यस्तै, कैलालीका दुई ग्याँस उद्योग (रेडियन्ट र सैपाल) का लागि शुक्रबार ६ गाडी ग्याँस भारतबाट ल्याइँदैछ । निगमले खाना पकाउने ग्याँसमा पनि अभाव नहुने दाबी गरेको छ ।

ADD Khali jpg
ADD Khali jpg
Loading...