अछाम कारागारमा कैदीबीच झडप

Navadurga sun

अछाम- अछाम जिल्ला कारागारमा बुधबार बिहान अचानक झडपको स्थिति सिर्जना भएको छ। कारागारभित्र रहेका कैदीबन्दीहरूले आक्रोशित हुँदै तोडफोड तथा आगजनीको प्रयास गरेका छन्, जसले गर्दा अवस्था तनावपूर्ण बनेको हो ।

प्रारम्भिक जानकारी अनुसार, केही कैदीहरूले जेल प्रशासनको निर्णयप्रति असन्तुष्टि जनाउँदै आन्दोलनमा उत्रिएका थिए। उनीहरूले जेलका केही भागमा तोडफोड गर्नुका साथै आगजनीको प्रयाससमेत गरेका छन्। घटनास्थलमा प्रहरी र सशस्त्र प्रहरीको अतिरिक्त बल परिचालन गरिएको छ।

अछामका प्रमुख जिल्ला अधिकारी (सिडियो) र सुरक्षा संयन्त्र उच्च सतर्कताका साथ घटनास्थलमा खटिएको जनाइएको छ। प्रशासनले अवस्था नियन्त्रणमा लिन प्रयास जारी राखेको छ भने झडपमा परी केही कैदी घाइते भएको आशंका गरिएको छ।

घटनाको विस्तृत विवरण आउन बाँकी छ। प्रारम्भिक अनुसन्धान भइरहेको जनाइएको छ। स्थानीय प्रशासनले नागरिकलाई अफवाह नफैलाउन र संयमित रहन आग्रह गरेको छ।

Loading...