
अछाम- अछाममा दुई किशोरी मृत फेला परेका छन्। तुर्माखाँद गाउँपालिका– ६ सल्लेरी वनमा दुई किशोरी मृत फेला परेका हुन्। जिल्ला प्रहरी कार्यालय अछामका डीएसपी ओमप्रकाश खनालका अनुसार घर नजिकैको वनमा रहेको एउटै रुखको हाँगोमा उनीहरू झुन्डिएको अवस्थामा मृत फेला परेका हुन् ।



प्रहरीका अनुसार १५ वर्षीया साउनी बिक र १२ वर्षीया प्रेमकला बिकको शव बिहिवार बिहान स्थानीय जंगलमा झुन्डिएको अवस्थामा भेटिएको हो । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




