सुदूरपश्चिम प्रदेशमा निजी लगानी प्रवर्द्धनको आह्वान

धनगढी- सुदूरपश्चिम प्रदेश कृषि, ऊर्जा, पर्यटन, धर्म र संस्कृतिका दृष्टिले प्रचुर सम्भावना बोकेको भन्दै निजी क्षेत्रलाई लगानी गर्न आह्वान गरिएको छ । नेपाल चेम्बर अफ कमर्सद्वारा आइतवार आयोजित ‘सुदूरपश्चिम प्रदेशको समृद्धिका लागि लगानी प्रवर्द्धन गर्ने सन्दर्भमा निजी क्षेत्रको भूमिका’ विषयक छलफलमा यसबारे चर्चा गरिएको हो ।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आगामी मङ्सिर १ र २ गते धनगढीमा सुदूरपश्चिम लगानी तथा विकास सम्मेलन आयोजना हुने जानकारी दिएका छन्। उनले प्रदेशको पर्यटकीय पूर्वाधारमा निजी क्षेत्रलाई आकर्षित गर्न कानुनी उल्झनहरू समाधान गर्ने र लगानीमैत्री नीति बनाउने प्रतिबद्धता व्यक्त गरे। यसैगरी, प्रदेशमा रहेका थुप्रै पर्यटकीय गन्तव्यको प्रवर्द्धनका लागि नेपाल पर्यटन बोर्डको कार्यालय स्थापना गर्न बजेट विनियोजन गरिएको उल्लेख पनि गरे।

godawari10 Mahila hinsa
Navadurga sun
Dadeldhura hospital

मुख्यमन्त्री शाहले सम्मेलनले प्रदेशको सम्भावनालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा उजागर गर्न सहयोग पुर्‍याउने विश्वास व्यक्त गरे। उनले बताए अनुसार, प्रदेशका प्रतिनिधिमण्डलले काठमाडौँमा आएर केन्द्रीय सरकार, निजी क्षेत्र र गैरसरकारी निकायसँग निरन्तर छलफल गरिरहेको छ।

सो अवसरमा सुदूरपश्चिम प्रदेश योजना आयोगका प्रतिनिधि नृप सुनारले ऐतिहासिक महत्व, भौगोलिक अवस्थिति, पर्यटकीय सम्भावना र लगानीको वातावरणबारे प्रस्तुतीकरण गरे। उनले प्रदेशको लगानी आकर्षक क्षेत्रहरूको विश्लेषण प्रस्तुत गर्दै निजी क्षेत्रका लगानीकर्ताहरूलाई अवसर र सम्भावनाबारे जानकारी दिए।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले प्रदेशको आर्थिक तथा सामाजिक विकासमा देशभरका निजी क्षेत्रका व्यवसायीलाई सहभागिताका लागि आग्रह गर्दै सम्मेलनको प्रचारप्रसारमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले लगानीकर्ताहरूलाई सुदूरपश्चिम प्रदेशको सम्भावना र अवसरबारे जानकारी प्राप्त गर्न र लगानी गर्न प्रोत्साहित गरे।

यस सम्मेलनले सुदूरपश्चिम प्रदेशको विकास र समृद्धिका लागि निजी क्षेत्रसँगको साझेदारीलाई बलियो बनाउने अपेक्षा गरिएको छ।

Loading...