सुदूरपश्चिममा गौरा पर्वका अवसरमा दुई दिन सार्वजनिक बिदा

अत्तरिया- सुदूरपश्चिम प्रदेशमा यस वर्ष गौरा पर्वको अवसरमा दुई दिन सार्वजनिक बिदा हुने भएको छ। नेपाल सरकारले भदौ १५ गतेका लागि सार्वजनिक बिदा दिने निर्णय गरेको छ भने प्रदेश सरकारले थप भदौ १६ गते पनि बिदा दिने निर्णय गरेपछि प्रदेशभर दुई दिन सार्वजनिक बिदा कायम भएको हो ।

Dadeldhura hospital

नेपाल सरकारको निर्णयअनुसार भदौ १५ गते पर्ने अठ्वाली–दुर्वाष्टमी अर्थात् गौरा पर्वको मुख्य दिन सार्वजनिक बिदा रहनेछ । त्यससँगै प्रदेश सरकारले भदौ १६ गतेका लागि अतिरिक्त बिदा दिने निर्णय राजपत्रमा प्रकाशित गरेको छ । यस निर्णयसँगै सुदूरपश्चिम प्रदेशका सरकारी कार्यालय, शिक्षण संस्था तथा सार्वजनिक निकायहरू दुई दिन बन्द रहनेछन् ।

godawari10 Mahila hinsa
Navadurga sun

सुदूरपश्चिम प्रदेशमा गौरा पर्व विशेष महत्वका साथ मनाइन्छ । महिलाहरूले उपवास, व्रतपूजा गरी गौरा देवीको आराधना गर्ने, देउडा खेल्ने तथा सामूहिक रूपमा धार्मिक सांस्कृतिक कार्यक्रमहरू गर्ने परम्परा रहेको छ । पर्वको प्रारम्भ भदौ १४ गतेदेखि नै ‘ढुंग्रो’ भर्ने र गौरा ल्याउने कार्यबाट हुने गर्दछ । मुख्य दिन अठ्वाली–दुर्वाष्टमीका दिन महिलाहरूले विशेष पूजा अर्चना गरी गौरा स्थापना गर्छन् ।

यस वर्षको पर्व बिहीबारदेखि सुरु भइसकेको छ । मुख्य दिनमा नेपाल सरकारले दिएको बिदा रहनेछ भने अर्को दिन प्रदेश सरकारले दिएको थप बिदा हुने भएकाले सुदूरपश्चिमका नागरिकलाई लगातार दुई दिन पर्व मनाउने अवसर मिल्नेछ ।

Loading...