सुदूरपश्चिम प्रदेशबाट नागरिक स्वतन्त्र अभियान सुरू हुँदै

धनगढी- सुदूरपश्चिम प्रदेशबाट पहिलोपटक नागरिक स्वतन्त्र अभियान सुरु हुँदैछ। यस्तो अभियान कञ्चनपुरको महाकालीबाट सुरु भएर मेचीसम्मै पुग्ने भएको छ। यसका लागि स्वतन्त्रको एकता महाकाली-मेची यात्रा नाम नै दिएको छ।

समृद्ध राष्ट्र निर्माणका लागि संकल्प अभियानका संयोजक प्रेमराज भट्टले नागरिक स्वतन्त्र अभियानको थालनी सुदूरपश्चिमबाट सुरु गरिएको बताएका छन्। आज कैलालीको धनगढीमा आयोजित पत्रकार सम्मेलनमा संयोजक भट्टले स्वतन्त्रको एकता महाकाली-मेची यात्रा २०८२ कञ्चनपुरको गड्डा चौकीबाट सुरु हुने जानकारी गराएका हुन् ।

Navadurga sun

स्वतन्त्रको एकता महाकाली-मेची यात्राको शुभारम्भ कैलालीको चिसापानीमा धनगढी उपमहानगरपालिकाका नगर प्रमुख एवं सुन्दर सुदूरपश्चिमका परिकल्पनाकार गोपाल हमालले गर्ने भएका छन्। नागरिक स्वतन्त्र अभियान देशैभरि सञ्चालन हुने संयोजक भट्टले बताएका छन्।

यो अभियानका अभियन्ताहरूलाई स्वतन्त्र मेयर हमालले कैलालीको चिसापानीबाट मेचीसम्मको यात्राका लागि बिदाई गर्नेछन्। त्यसपछि विभिन्न स्थानमा सन्देशमूलक कार्यक्रम गर्दै अभियन्ताहरू धरान पुग्नेछन्। अभियन्ताहरू धरान पुगेर त्यहाँ एकदिन श्रमदान गर्ने कार्यक्रम पनि तय भएको छ।

धरानमा त्यहाँका स्वतन्त्र मेयर हर्क सम्पाङले यो कार्यक्रमको समापन गर्ने कार्यतालिका समेत रहेको संयोजक भट्टले जानकारी गराएका छन्। यही भदौ १७ गते कञ्चनपुरको गड्डा चौकीबाट सुरु हुने स्वतन्त्रको एकता महाकाली-मेची यात्राले कैलालीको अतरिया र चिसापानीमा पनि कार्यक्रम गर्नेछ।

ADD Khali jpg
ADD Khali jpg
Loading...