




हरिश चन्द/डडेल्धुरा १२ भदौ- नवदुर्गा गाउँपालिका–५ को चौडमा डडेल्धुरामा जीप दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै मृत्यु भएको छ । बिहिबार बिहान करिब ८ः०० बजेको समयमा से १ ज ७३८ नं. को जिप दुर्घटनामा परेको हो ।






ठाँटा बजारबाट जिल्ला सदरमुकाम आउदै गरेको जिप सडक भन्दा करिब ५०० मिटर तल खसेको जानकारी प्राप्त भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक डम्बर बिष्टले जनकारि दिनुभयो ।






जिल्ला सदरमुकामबाट करिब ४० किलोमिटर टाढां बैतडीको सिगास गाउँपालिकासंग सिमा जोडिएको चौडको कच्चि सडकमा जिप दुर्घटना भएको हो । दुर्घटनाको खबर पाएपछि करिब साढे आठ बजेको समयमा जिल्ला प्रहरी कार्यालय डडेल्धुरोको प्रहरी टोलीसहित एम्बुलेन्स घटना स्थल तर्फ हिडेको छ ।
दुर्घटना बारे थप विवरण आउन बाँकी छ । दुर्घटना भएको जिप जंगलको बिच झाडीमा अड्किएको जनाएको छ । प्रहरी घटना स्थल पुगे पछि विस्तृत जानकारी प्राप्त हुने जिल्ला प्रहरिकार्यालले जनाएको छ ।

