कैलालीमा भारी वर्षा, साना खोलामा बाढीको जोखिम

कैलाली- पछिल्लो तीन घण्टामा कैलालीस्थित कर्णाली चिसापानी वर्षामापन केन्द्रमा मध्यमदेखि भारी वर्षा रेकर्ड भएको छ। जल तथा मौसम विज्ञान विभागले बिहीबार बिहान ५:५० बजे जारी गरेको विशेष मौसम सूचना अनुसार सो क्षेत्र भएर बग्ने साना खोलाहरूको जलस्तर बढ्ने सम्भावना रहेको छ।

विभागले तटीय क्षेत्रमा बसोबास गर्ने स्थानीयवासीलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ। खोलानदी किनार नजिक नजान र सुरक्षित स्थानमा बस्न चेतावनी दिँदै विभागले आकस्मिक परिस्थिति आउन सक्ने भएकाले स्थानीय तह र सरोकारवालाहरूलाई तयारी अवस्थामा रहन सुझाव दिएको छ।

Navadurga sun

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको विभागले जनाएको छ। यस कारण बिहीबार देशका पहाडी भू-भागका धेरै स्थानमा र बाँकी भू-भागका केही स्थानमा मध्यम वर्षा हुने अनुमान गरिएको छ।

विशेषगरी गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा भारी वर्षा पर्न सक्ने विभागको पूर्वानुमान छ। साथै लुम्बिनी प्रदेश र कोशी प्रदेशका तराईका भू-भागका एक-दुई स्थानमा पनि भारी वर्षाको सम्भावना रहेको विभागले उल्लेख गरेको छ।

विभागले लगातारको वर्षाले पहिरो, बाढी तथा अवरोधजन्य घटनाको जोखिम बढ्न सक्ने चेतावनी दिंदै यातायात, कृषि तथा दैनिक जनजीवनमा असर पर्न सक्ने भन्दै सतर्क रहन सबैलाई आग्रह गरेको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...