बैतडीमा जीप दुर्घटना हुँदा १२ जना घाइते, ३ को अवस्था गम्भीर

बैतडी- बैतडीमा जीप दुर्घटना हुँदा १२ जना घाइते भएका छन्। जिल्लाकोे दशरथचन्द नगरपालिका– ४ शाहीलेक नजिक जीप दुर्घटना भएको हो।

गोठलापानीबाट खोड्पे जाँदै गरेको उग्रतारा यातायातको से १ ज २४५ नम्बरको जीप बुधबार दिउसो २ बजे शाहीलेक नपुग्दै इश्वरीगंगा जाने बाटोनिर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय, बैतडीका प्रवक्ता प्रहरी निरिक्षक बल्देब बडूले बताए ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

घाइते हुनेहरूमा दशरथचन्द नगरपालिका– ११ ग्वालेकका ५० वर्षिया हरिना जोशी, दशरथचन्द नगरपालिका– ६ का २१ वर्षिय अर्जुन महर (गम्भीर घाइते), दशरथचन्द नगरपालिका– ४ का ३४ वर्षिय धिरेन्द्र खत्री, दशरथचन्द नगरपालिका– ४ का २१ वर्षिय लक्ष्मण नाथ, दशरथचन्द नगरपालिका– ६ का २२ वर्षिय भुपेश जोशी, पुर्चौडी नगरपालिका– ४ का ३८ वर्षिया हिरा भट्ट, पुर्चाैँडी नगरपालिका – ५ का १७ वर्षिय रिकेश पार्कि रहेका छन्। 

यस्तै पुर्चाैडी नगरपालिका– ५ का २८ वर्षिय दिनेश पार्कि (गम्भीर घाइते), पुर्चाैडी नगरपालिका–४ का २३ वर्षि य जनक भट्ट, पाटन नगरपालिका– ९ का १८ वर्षिय कबिराज भट्ट (गम्भीर घाइते) पाटन नगरपालिका– ९ का २१ वर्षिय जनक भट्ट र पाटन नगरपालिका– ३ का ४२ वर्षिय डम्मर दत्त भट्ट घाइते भएको बडूले बताए।

जीपमा चालक सहित जम्मा १३ जना सवार थिए । घाइते सबैको जिल्ला अस्पताल बैतडीमा उपचार भइरहेको छ। घाइतेहरुमध्ये तीन जनाको अवस्था गम्भिर भएपनि अरुको अवस्था भने सामान्य रहेको बडूले बताए।

चालक रोशन भट्टलाई प्रहरीले नियन्त्रणमा लिई दुर्घटनाको कारण बुझिरहेको प्रहरी रिक्षिक बडुले बताए । दुर्घटनाको कारण भने खुलेको छैन् ।

Loading...