गौरा पर्वमा गोदावरी नगरमा शुक्रबार स्थानीय बिदा घोषणा

अत्तरिया- कैलालीको गोदावरी नगरपालिकाले गौरा पर्वको अवसरमा १३ गते शुक्रबार एक दिनका लागि स्थानीय बिदा दिने घोषणा गरेको छ ।

नगरपालिकाको १३० औं कार्यपालिका बैठकको निर्णय अनुसार गौरा पर्वको अवसरमा नगर कार्यपालिकाको कार्यालय, मातहतका कार्यालय (अत्यावश्यक सेवा बाहेक) तथा सम्पूर्ण शैक्षिक संस्थाहरूमा बिदा रहनेछ ।

Navadurga sun

गौराको अवसरमा गोदावरी नगरपालिकाले सम्पूर्ण नगरबासीलाई गौरा पर्वको हार्दिक मंगलकामना व्यक्त गरेको छ । गौरा पर्व सुदूरपश्चिममा भव्य तरिकाले मनाईने गरेको छ । पछिल्लो समय गौरा पर्व सुदूरपश्चिम प्रदेश भन्दा वाहिरका जिल्लामा मनाईने गरेको छ ।

ADD Khali jpg
Loading...