गेटामा सुटुक्क आकस्मिक कक्ष उद्घाटन, संघर्ष समितिको विरोध

अत्तरिया- सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनाको संघर्ष जारी रहेका बेला स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले गेटा अस्पतालमा गोप्य रूपमा आकस्मिक कक्ष उद्घाटन गरेका छन् ।

बुधबार १० शय्याको आकस्मिक सेवा उद्घाटन गर्ने तयारी भए पनि संघर्ष समितिको विरोधपछि कार्यक्रम स्थगित गरिएको थियो। समितिले ३०० शय्याको अस्पताल सञ्चालन गर्ने वाचा गरेर १० शय्या मात्र उद्घाटन गर्न खोजिएको भन्दै आपत्ति जनाएको थियो।

Navadurga sun

तर बिहीबार स्थानीयलाई जानकारी नदिई मन्त्री पौडेलले आकस्मिक कक्षको रिबन काटेर उद्घाटन गरेका हुन्। संघर्ष समितिका संयोजक लोकराज पाण्डे ‘आगो’ ले भने, “गोप्य रूपमा १० शय्याको आकस्मिक सेवा उद्घाटन गरिएको छ। तर हाम्रो माग भने ३०० शय्याको अस्पताल सञ्चालन र एमबीबीएस पढाइ सुरु हुनु हो। माग पूरा नभएसम्म आन्दोलन रोकिँदैन।”

गेटा क्षेत्रमा करिब ६ अर्ब रुपैयाँभन्दा बढीको भौतिक संरचना निर्माण भइसकेको भए पनि अस्पताल अझै ५० शय्यामै सीमित छ। विश्वविद्यालय सञ्चालनमा ढिलाइ हुँदा स्थानीयवासी र संघर्ष समितिले पटक–पटक सरकारलाई दबाब दिँदै आएका छन्।

संयोजक पाण्डेले स्वास्थ्य मन्त्रीले ऐन कार्यान्वयनमा भूमिका खेल्नुपर्नेमा आँखा छलेर मात्र उद्घाटन गरेको आरोप लगाए। साथै उनले प्रधानमन्त्रीलाई तत्काल ३०० शय्याको अस्पताल सञ्चालन गरेर एमबीबीएस पढाइ सुरु गर्न आग्रह गरेका छन्।

ADD Khali jpg
ADD Khali jpg
Loading...