बैतडीमा अनमी भागरथी कुँवरको निधन, नगरपालिका र क्याम्पसमा शोक बिदा

बैतडी- पुर्चौंडी नगरपालिकाले विजयपुर स्वास्थ्यचौकीमा कार्यरत अनमी (ANM) भागरथी कुँवरको असामयिक निधनपछि मंगलबार शोक बिदा दिएको छ।

नगरपालिकाले जारी गरेको वक्तव्यमा कुँवर इमान्दार, कर्तव्यनिष्ठ र होनहार स्वास्थ्यकर्मी रहेको उल्लेख गर्दै उनको निधनबाट ठूलो क्षति पुगेको जनाएको छ। कार्यवाहक नगर प्रमुख मीना धानुक र निमित्त प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार कुँवरको हस्ताक्षरसहित जारी वक्तव्यअनुसार मंगलबार नगरपालिकाअन्तर्गतका सबै वडा कार्यालय, शिक्षण संस्था तथा स्वास्थ्य संस्था बन्द रहेका छन्।

Navadurga sun

२४ वर्षीया कुँवर आइतबार राति आफ्नै कोठामा मृत फेला परेकी थिइन्। जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेका अनुसार आत्महत्याको कारण खुलिनसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको छ। मृतकको शव पोस्टमार्टमका लागि पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ।

गत वैशाखमा मात्र विवाहबन्धनमा बाँधिएकी कुँवरका श्रीमान् नेपाली सेनाको स्वास्थ्य प्राविधिक क्षेत्रमा कार्यरत छन्।

यसैबीच, पुर्चौंडी बहुमुखी क्याम्पसले पनि मंगलबार क्याम्पसमा शोक बिदा दिएको छ। स्नातक चौथो वर्षमा अध्ययनरत छात्रा कुँवरको निधनले क्याम्पस परिवारलाई गहिरो शोकमा पारेको वक्तव्यमा उल्लेख छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...