अछाममा बँदेलको आक्रमणबाट एक जना घाईते

अछाम- अछाममा जंगली बँदेलको आक्रमणबाट एक जना घाईते भका छन्। आज दिउँसो अछामको साँफेबगर नगरपालिका–१० घुघुरकोट बस्ने १६ वर्षका शिव महतालाई घरनजिकै रहेको बारीमा बाख्रा चराउन गएको बेला बँदेलले आक्रमण गरी घाइते भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।

घाइते महताको दाहिने खुट्टा, बायाँ तिघ्रा, बायाँ हात र अनुहारमा चोट लागेको छ। उनको न्याय हेल्थ अस्पताल, बयलपाटा, अछाममा उपचार भइरहेको छ प्रहरीले जनाएको छ।

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...