धनगढीमा खैरो हेरोइनसहित महिला र पुरुष पक्राउ

धनगढी । धनगढीमा खैरो हेरोइनसहित एक महिला र एक पुरुष पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका–३ सिसा पोष्ट स्थित गोदावरी नगरपालिका–२ बस्ने २६ वर्षीय बिरेन्द्र साउद खैरो हेरोइनसहित पक्राउ परेका हुन्।

Dadeldhura hospital

साउदलाई बा ६२ प १२३५ नम्बरको मोटरसाइकलमा भारतबाट नेपाल तर्फ आउँदै गरेको ११० मिलिग्राम लागूऔषध ९खैरो हेरोइन० फेला पारी उक्त पदार्थ, मोटरसाइकलसहित उनलाई प्रहरी चौकी त्रिनगर, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ।

Navadurga sun
Godawari sandesh

यसैगरी गोप्य सूचनाको आधारमा धनगढी उपमहानगरपालिका–८ भाषा स्कुल नजिकबाट सोही ठाउँ बस्ने ३७ वर्षकी रामरति रानालाई ४० मिलिग्राम लागूऔषध ९खैरो हेरोइन०सहित पक्राउ गरिएको छ।

रानालाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ। दुबै जनालाई बुधवार निन्त्रणमा लिई थप अनुसन्धान भईरहेको प्रहरीले जर्नाको छ।

 

Loading...