


धनगढी- कैलालीमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।


टीकापुर बसपार्कबाट लम्कीतर्फ गैरहेको सुदूरपश्चिम प्रदेश ०१–००१–ख ३५८३ नम्बरको बसले मङ्गलवार बिहान साइकल र मोटरसाइकललाई ठक्कर दिदा एक जनाको मृत्यु भएको हो ।



मृत्यु हुनेमा साइकल यात्री टीकापुर नगरपालिका–६ मिलनपुरका ४५ वर्षीय अट्वारी चौधरी रहेका इलाका प्रहरी कार्यालय टीकापुरका डिएसपी नविनराजा बुढाथोकीले बताए ।
दुर्घटनामा सुदूरपश्चिम प्रदेश ०१–१२–प १८६९ नम्बरको मोटरसाइकल चालक टीकापुर नगरपालिका वडा नम्बर ६ का वर्ष २५ का राजु चौधरी घाईते भएका छन ।
घाइते चौधरीलाइ उपचारका लागी नेपालगञ्ज पठाइएको छ । बस चालक कैलालीको गोेदावरी नगरपालिका–८ का हरिकेशी लम्साललाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।





