बैतडीको पाटन नगरपालिकामा भएको अनियमितता छानबिन गर्न समिति गठन

बैतडी- बैतडीको पाटन नगरपालिकामा भएको भनिएको अनियमितता छानबिन गर्नका लागि समिति गठन गर्ने निर्णय भएको छ । जिल्ला समन्वय समिति बैतडीका प्रमुख खगेन्द्र सिंह धामीको संयोजकत्वमा छानबिन समिति गठन गर्ने निर्णय भएको नगर प्रमुख गौरीसिंह रावलले बताए ।
आइतबार बसेको नगरकार्यपालिकाको बैठकले छानबिन समिति गठन गर्ने निर्णय गरेको हो। उक्त समितिमा शहरी विकास तथा भवन निर्माण कार्यालय र कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रतिनिधि सदस्य रहने उनले बताए ।

Dadeldhura hospital

समितिले अनियमितता भएको भनिएका योजना र बिषयहरुमा छानबिन गर्ने नगर प्रमुख रावलले बताए । बिना कागजात भुक्तानी भएको, पूर्वाधारका योजनाहरुमा अनियमितता भएको, झुटा कागजात पेश गरी अनियमितता भएको, जनप्रतिनिधिहरुले नियम विपरीत खर्च गरेको, उपल्ला बाटुलाको ढुङ्गा खानीको सम्भाव्यता अध्ययनमा अनियमितता भएको भन्दै छानबिन गर्नुपर्ने माग उठ्दै आएको छ । समितिले यिनै बिषयहरुमा छानबिन गर्ने नगर प्रमुख रावलले बताए ।

Navadurga sun
Godawari sandesh

जिल्लामा महालेखा परीक्षकको पनि टीम आएकाले महालेखाको काम सकिएपछि छानबिन समितिले काम थालनी गर्ने उनले बताए । महालेखाको काम र छानबिन समितिको काम सँगसँगै अघि बढाउन नसकिने भएकाले महालेखाको टीमले काम गरिसकेपछि समितिले काम गर्ने उनले बताए ।

Loading...