इजरायल पुगेर विपिनकी आमाले भनिन्– हमास, उसलाई अहिले नै घर फर्काउनुहोस्

प्यालेस्टिनी विद्रोही समूह हमासको कब्जामा रहेका कन्चनपुरका विद्यार्थी विपिन जोशीकी आमा र बहिनी इजरायल पुगेका छन् । आमा पद्मा जोशी र बहिनी पुष्पा जोशी सोमबार इजरायल पुगेका हुन् ।

Ganyapdhura gau

इजरायल पुगेर आमाले हमासलाई विपिनको विपिनको रिहाइ गर्न माग गरेकी छन् । तेल अविवनजिकैको बेन गुरियन विमानस्थलमा उनले पत्रकारहरूसँग भनिन्, ‘कृपया, मेरो छोरालाई उद्धार गरिदिनुहोस् । हमास, उसलाई अहिले नै घर फर्काउनुहोस् । कृपया, घर ल्याइदिनुहोस् । हमास, कृपया।।। कृपया।।। ।’

Navadurga sun
Dadhaldhura pur

अध्ययनको क्रममा इजरायलमा रहेका विपिन इजरायल–हमास युद्धको क्रममा ७ अक्टोबर २०२३ मा अपहरणमा परेका थिए । हमासको कब्जामा रहेका उनको रिहाइको लागि सरकारले विभिन्न तबरबाट कूटनीतिक पहल चालेको भए पनि अहिलेसम्म सफल हुन सकेको छैन । यसैबीच इजरायलको अनुरोधमा विपिनकी आमा र बहिनी सोमबार काठमाडौंबाट त्यहाँ पुगेका हुन् ।

इजरायलको विमानस्थलमा पुगेपछि आमा र बहिनी भक्कानिएको टाइम्स अफ इजराइलले जनाएको छ । उनीहरूलाई स्वागत गर्न विपिनका चार साथी र कलेजका अध्यक्ष विमानस्थल पुगेका थिए ।

आमाको छोटो प्रतिक्रियापछि बहिनी पुष्पाले पनि आफ्नो दाइलाई घर फर्काइदिन आग्रह गरेकी थिइन् । ‘हामी केवल उहाँलाई फर्काउन चाहन्छौं,’ उनले भनिन्, ‘यो हाम्रो परिवारका लागि अत्यन्त पीडादायक भइसकेको छ । झन्डै दुई वर्ष भइसक्यो । हामी निरन्तर उहाँको अवस्थाबारे चिन्तित छौं, उहाँ के गर्दै हुनुहुन्छ होला, खाना पाइरहनु भएको छ कि छैन, औषधि पाउनु भएको छ कि छैन ।’ उनीहरूले इजरायलका राष्ट्रपति इसाक हेर्जोग, परराष्ट्रमन्त्री गिदेओन सारलगायतसँग भेट्ने कार्यक्रम रहेको छ ।

ADD Khali jpg
ADD Khali jpg
Loading...