काठमाण्डौ । आज देशका धेरै ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार दिउँसो कोशी, बागमती, गण्डकीको पहाडी भू-भाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू-भागको एकरदुई ठाँउमा ठूलो पानी पर्ने सम्भावना छ ।



यस्तै पहाडी भू-भागका धेरै ठाउँहरुमा र मधेश प्रदेशलगायतका तराई भू-भागका केही ठाउँमा मध्यम वर्षाको सम्भावना छ । यस्तै राति कोशी प्रदेशको पहाडी भू-भाग तथा मधेश प्रदेशसहित कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू-भागका एकरदुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।


यस्तै मधेश, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र तराई भू-भागकाका धेरै ठाउँहरूमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । आज बिहान कञ्चनपुर, बर्दिया, र सर्लाहीमा ठूलो पानी परेको छ ।