अत्तरिया- कैलालीको गोदावरी नगरपालिका स्वास्थ्य शाखाले गर्भवती महिलाहरूका लागि निःशुल्क ग्रामीण अल्ट्रासाउण्ड सेवा र पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ कार्यक्रम सञ्चालन गर्ने भएको छ । स्वास्थ्य शाखा प्रमुख तथा वरिष्ठ जनस्वास्थ्य अधिकृत नवराज अवस्थीद्वारा जारी सूचनाअनुसार कार्यक्रम २६ साउन सोमबारदेखि सुरु हुने भएको हो ।
गर्भवती महिलाहरुको लागी निशुल्क अल्ट्रासाउण्ड सेवा र पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङ सेवा संचालन गर्नको लागि अत्तरिया आधारभुत स्वास्थ्य सेवा केन्द्रमा २६ गते भोली (सोमबार) गर्ने भएको छ ।

त्यस्तै स्याउले आधारभुत स्वास्थ्य सेवा केन्द्रमा २७ गते मंगलबार, गेटा आधारभुत स्वास्थ्य सेवा केन्द्रमा २८ गते बुधबार र बुढीतोला आधारभुत स्वास्थ्य सेवा केन्द्रमा ३० गते शुक्रबार उक्त सेवा उपलव्ध गराउने भएको छ ।
त्यस्तै सम्पर्क ब्यक्तिको रुपमा सि,अनमी माया गुरुङलाई तोकिएको छ । सम्पर्क मोबाइल नम्वर ९८४८७२६६२० रहेको छ । उक्त सेवा बिहान १० बजे देखि ०५ बजे सम्म संचालन हुने जनाइएको छ ।

