बडीमालिकाको भीरबाट लडेर दुई जनाको मृत्यु

बाजुरा । बडीमालिका नगरपालिकास्थित विष्णुपानी क्षेत्रमा भीरमा लडेर मृत्यु भएका दुई जना तीर्थयात्रीको शव नेपाली सेनाले निकालेको छ । २०८२ साउन २२ गते साँझ करिब ६ बजे बडीमालिका दर्शन गरी फर्कने क्रममा काठमाडौंको गोकर्णश्वर नगरपालिका–५ का ५२ वर्षीय विप्लव ओझाको घटनास्थलमै मृत्यु भएको थियो।

Dadeldhura hospital

त्यस्तै बर्दिया जिल्लाको ठाकुर बाबा नगरपालिका–४ का ७५ वर्षीय डिल्लीराज घोडासैनी साउन २४ गते भिरबाट लगेर घटनास्थलमै मृत्यु भएको हो । दुवै जनाको शव बडीमालिका क्षेत्रको विष्णुपानी भिरमा अड्किएका थिए।

Navadurga sun
Godawari sandesh

भौगोलिक कठिनाइका कारण स्थानीय नेपाल प्रहरीले शव तत्काल निकाल्न नसकेपछि नेपाली सेना खटिएको थियो । सेनाको उद्धार टोलीले स्थानीय र नेपाल प्रहरीको सहकार्यमा शनिबार साँझ शव निकाल्न सफल भएको ईश्वरीबक्स गुल्मका गुल्म पति कृष्ण तिमिलसेनाले जानकारी दिए ।

सेनाले उद्धारपछि मृतकको शवलाई नेपाली सेनाको हेलिकप्टरमार्फत पठाउने तयारी गरेको जनाएको छ। ुहिजो भीरबाट निकालेर आधि बाटोसम्म ल्याएका छौं भिरको अप्ठेरो बाटोमा शव बोक्न अप्ठेरो भएका कारण हिजो साँझ आधा बाटोमा राखेको र बिहान देखि शवलाई तलतिर ल्याउन काम जारी रहेको छ।ु उनले भने, ुभीरबाट निकालेर स्थानीयको सहयोगमा शवलाई बाटोमा ल्याउँदै छौँ। खराब मौसमका कारण हेलिकप्टरमाथि जान नसकेपछि तल ल्याएर हेलिकप्टरबाट पठाउने तयारी छ।ु

 

Loading...