
काठमाण्डौ । आज कोशी र गण्डकीको पहाडी एकरदुई ठाउँमा ठूलो पानी पर्न सक्ने सम्भावना छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिनभर नै मौसम साधारणतया बदली रहने छ । गण्डकी र कोशीको पहाडी एकरदुई ठाउँमा ठूलो पानी पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ ।

आजराती कोशी, बागमती, गण्डकी प्रदेशका पहाडी भागका केही र मधेश प्रदेशलगायत देशका अन्य प्रदेशका पहाडी र तराई केही ठाउँमा मध्यम वर्षाको सम्भावना छ । गएराति धनुषामा १०५।६ मिलिमिटर वर्षा मापन भएको छ ।

