अत्तरिया क्षेत्रमा नेपाली सेनाको तीन ठाउँको संरचना छोडेर तारबार

अत्तरिया- नेपाली सेनाले अत्तरिया क्षेत्रमा दाबी गरेको साढे १७ हेक्टर क्षेत्रफलको जमिनमा तारबार गर्न थालेको छ। लामो समयदेखि अत्तरिया बसपार्क, बस्ती र लामिताल क्षेत्र आफ्नो भोगाधिकारमा रहेको दाबी गर्दै आएको सेनाले ती तीन ठाउँको संरचना छोडेर हाल तारबार गरिरहेको हो ।

सेनाले अत्तरिया बसपार्क निर्माणमा अवरोध गर्दै आएको थियो भने त्यहाँ रहेका ६१ घरधुरी हटाउन चेतावनीसमेत दिँदै आएको थियो। तर, भोगाधिकारमा रहेको भनिए पनि सेनाले विगत एक वर्षदेखि मात्रै त्यस क्षेत्रमा भोगचलन गर्दै आएको थियो। अहिले भने भोगचलनमा रहेको जमिनको संरक्षण गर्न भन्दै तारबार सुरु गरेको हो।

Navadurga sun

हालसम्म ट्राफिक प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय मालाखेतीको पछाडिको भाग छोडेर सेनाले तीनतर्फी तारबार गरिसकेको छ। तर, प्रहरी कार्यालयको पछाडिको क्षेत्रमा विवाद हुँदा काम रोकिएको छ।

स्रोतका अनुसार, प्रहरीको भौतिक संरचना सेनाले दाबी गरेको जमिनमा पर्न गएकोले विवाद उत्पन्न भएको हो। प्रहरीले आफ्नो संरक्षणमा रहेको जमिन सेनालाई नछाड्ने अडान लिएको छ भने सेनाले भने सरकारी निर्णयअनुसार भोगाधिकार प्राप्त गरिसकेको दाबी गर्दै आएको छ।

सेनाको तारबारले अत्तरियामा रहेको बौद्ध गुम्बा, रेडक्रस भवन, बास्कोटा जाने बाटो र लामिताल क्षेत्रसमेत आफ्नो घेराभित्र पारेको छ। यद्यपि सेनाले ती बाटाहरू हाल खुला राखेको छ। सेनाको योजना अनुसार ती प्रवेशद्वारहरूमा गेट राखिनेछ।

लामितालको दक्षिणी क्षेत्रको केही भाग पनि सेनाको घेराभित्र परेको छ। सेनाले ताल क्षेत्रमा भने खाली ठाउँ छोडेको छ। नेपाली सेनाले ई–बिडिङमार्फत टेन्डर गरी १८०० मिटर तारबार गर्ने सम्झौता गरेको हो। तारबार गरिने क्षेत्रमा पाँच वटा गेट निर्माण गरिनेछ।

यसअघि सेनाले बस्ती, बसपार्क र ताल क्षेत्र छोडेर मात्रै तारबार गर्ने टेन्डर आह्वान गरेको थियो। तर, त्यस विपरित सबै क्षेत्रमा तारबार गर्न लागेको भन्दै सामाजिक सञ्जालमा भ्रम फैलिएको थियो। सेनाले भने टेन्डरअनुसार नै कार्य भइरहेको स्पष्ट पारेको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...