


अछाम- खोलाले बगाएर अछाममा एक जनाको मृत्यु भएको छ ।



जिल्लाको कमलबजार नगरपालिका-३ बयला बस्ने ५० वर्षीय कर्णबहादुर कडायत घरबाट खेतबारी तर्फ जाने क्रममा सोही ठाउँमा रहेको मुजे बजुडा खोला तर्ने क्रममा खोलाले बगाएपछि बेपत्ता भएका थिए ।


खोलाले बगाएपछि अन्दाजी ५०० मिटर तल खोलाको बिच भागमा उनी मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।





