अत्तरिया- कैलाली बहुमुखी क्याम्पसको नयाँ क्याम्पस प्रमुखको रूपमा सह–प्राध्यापक डा. लोकबहादुर विष्ट नियुक्त भएका छन् । हालै सम्पन्न प्राज्ञिक तथा प्रशासनिक प्रक्रिया मार्फत नियुक्त डा. विष्टले सुदूरपश्चिम क्षेत्रमा उच्च शिक्षाको विकासमा उल्लेखनीय योगदान दिँदै आएका छन् ।



शैक्षिक नेतृत्व र प्रशासनमा लामो अनुभव भएका डा. विष्ट कैलाली बहुमुखी क्याम्पसमा विभिन्न तहमा रहेर नेतृत्वदायी भूमिका निर्वाह गरिसकेका छन् । उनी सह–प्राध्यापकका रूपमा अध्यापन तथा अनुसन्धान क्षेत्रमा सक्रिय रहँदै आएका छन् ।


क्याम्पसको शैक्षिक गुणस्तर अभिवृद्धि, शैक्षिक पूर्वाधारको सुदृढीकरण र समावेशी शैक्षिक वातावरण निर्माणतर्फ डा. विष्टको नेतृत्व प्रभावकारी हुने अपेक्षा गरिएको छ । कैलाली बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख तोयाराज भट्टको विदाई गरिए पछि बुधबार बिष्टलाई नियुक्त गरिएको हो ।





