दुर्गालक्ष्मी नमुना मावि अत्तरियामा शिक्षक अभिभावक संघ गठन, अध्यक्षमा बिष्ट चयन

अत्तरिया- कैलालीको गोदावरी नगरपालिका २ मा रहेकाे श्री दुर्गालक्ष्मी नमुना माध्यमिक विद्यालयमा  २०८२ साल श्रावण १० गते आयोजित अभिभावक भेलाबाट इच्छुक अभिभावकहरूसँग छलफल तथा सहमति जुटाई श्रावण १२ गते सर्वसम्मत रूपमा नयाँ शिक्षक अभिभावक संघ गठन गरिएको छ ।

विद्यालय प्रशासनका अनुसार शिक्षक अभिभावक संघकाे अध्यक्षमा सुरतबहादुर बिष्ट चयन भएका छन् । त्यस्तै सदस्यहरूमा शिवनारायण चौधरी, गजेन्द्रबहादुर सिंह, राधादेवी ऐर, लक्ष्मी कुमारी बोहरा, बिष्णा जोशी, दिलबहादुर खत्री र गणेश कामी रहेका छन् ।

Navadurga sun

विद्यालयका प्रधानाध्यापकसहित समस्त शिक्षक तथा अभिभावकहरूले नव-निर्वाचित संघलाई हार्दिक बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् । संघले विद्यालय र अभिभावकबीच समन्वय, शैक्षिक गुणस्तर अभिवृद्धि तथा विद्यार्थी हितका कार्यहरूमा सक्रिय भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरिएको छ ।

ADD Khali jpg
ADD Khali jpg
Loading...