झुलाघाट भन्सारबाट ७६ लाख ४३ हजार भन्दा बढी राजस्व सङ्कलन

बैतडी- भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाटस्थित महाकाली भन्सार कार्यालयले गत आर्थिक वर्ष २०८१/०८२ मा रु ७६ लाख ४३ हजार २४३ राजस्व सङ्कलन गरेको छ ।

कार्यालयले गत आवमा लक्ष्यको ७१ दशमलव ६५ प्रतिशत मात्र राजस्व सङ्कलन गरेको हो । गत आर्थिक वर्षमा रु एक करोड तीन लाख ५९ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकामा लक्ष्य पूरा हुन नसकेको महाकाली भन्सार कार्यालयका कम्प्युटर अपरेटर सुरेशबहादुर मन्नीले बताए । राजस्व सङ्कलनको लक्ष्य बढी भएकाले गत आवमा लक्ष्य पूरा हुन नसकेको उनको भनाइ छ ।

Navadurga sun

उनका अनुसार भन्सार महसुल, भन्सार सेवा दस्तुर, मूल्य अभिवृद्धि कर र अन्तशुल्कबाट उक्त राजस्व रकम सङ्कलन गरिएको हो । आव २०८०/०८१ मा कार्यालयको रु ५० लाख ८९ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा लक्ष्यभन्दा बढी रु ८६ लाख ८४ हजार ९० सङ्कलन भएको थियो।

झुलाघाट नाकाबाट कपडा, भाँडाकुँडा, चिनीलगायत घरायसी प्रयोजनका सामग्रीहरू भित्रिने गरेको छ । भारतीय बजारबाट आयात हुने सामग्रीबाट राजस्व सङ्कलन हुने गरेको कार्यालयका लेखापाल देवराज रानाले जानकारी दिए । उका अनुसार यस नाकाबाट निर्यात भने शून्य छ । केही वर्ष अघिसम्म घ्यू र कृषि उपज निर्यात हुने गरेको थियो ।

ADD Khali jpg
ADD Khali jpg
Loading...