कृष्णपुर नगरपालिकामा सर्पदंश उपचारका लागि आइसियु सेवा सुरु हुने

अत्तरिया- सर्पदंशका कारण बारम्बार जनधनको क्षति भइरहेका घटनालाई मध्यनजर गर्दै कञ्चनपुरको कृष्णपुर नगरपालिकाले स्वास्थ्य सेवामा महत्वपूर्ण पहल अघि बढाएको छ। नगरले सर्पदंश उपचारका लागि आइसियु (ICU) सुविधा सहितको सेवा सुरु गर्ने तयारी गरेको हो ।

Ganyapdhura gau
Dadhaldhura pur

नगरप्रमुख हेमराज ओझाले सोमबार ‘नागरिकसँग मेयर’ कार्यक्रममार्फत जानकारी दिँदै आउँदो आर्थिक वर्ष २०८२/०८३ देखि कृष्णपुर स्वास्थ्य चौकीमा अत्याधुनिक उपचार सेवा सुरु गरिने बताए। “सर्पदंशले अकालमा धेरैको ज्यान गएको छ,” उनले भने, “अब आइसियुसहितको सेवा ल्याएर समयमै उपचार सम्भव बनाउनेछौं ।”

Navadurga sun

हाल नगरभित्र ९८ प्रकारका औषधि निःशुल्क उपलब्ध छन् भने निःशुल्क एम्बुलेन्स सेवा पनि सञ्चालनमा छ । आकस्मिक अवस्थाका बिरामीलाई प्राथमिकता दिइने नगरप्रमुख ओझाले बताए ।

स्वास्थ्य सुरक्षालाई पहिलो प्राथमिकता दिँदै बजेट व्यवस्थापन, पूर्वाधार विस्तार तथा जनहितकारी सेवा प्रवाहमा नगरपालिका सक्रिय रहेको जनाइएको छ। सर्पदंशजस्ता जोखिमपूर्ण स्वास्थ्य समस्याको नियन्त्रणमा यो सेवा महत्वपूर्ण हुने विश्वास लिइएको छ ।

ADD Khali jpg
ADD Khali jpg
Loading...