कृष्णपुर नगरपालिकाको ‘नागरिकसँग मेयर’ अभियानमार्फत ३२ हजार बढीको स्वास्थ्य परीक्षण

अत्तरिया- कञ्चनपुरको कृष्णपुर नगरपालिकाले स्वास्थ्य र शिक्षा क्षेत्रमा जनमुखी काम गर्दै आएको छ । हालै सम्पन्न ‘नागरिकसँग मेयर’ (नसर्ने रोगको घरदैलो परीक्षण) अभियान अन्तर्गत ३२ हजार ५ सय ५५ भन्दा बढी नगरवासीको स्वास्थ्य परीक्षण गरिएको छ ।

नगरप्रमुख हेमराज ओझाको नेतृत्वमा सञ्चालनमा आएको यस कार्यक्रम आर्थिक वर्ष २०७९/०८० देखि निरन्तर रुपमा जारी रहँदै आएको छ । तेस्रो चरणको रूपमा हालै सम्पन्न अभियानमा उच्च रक्तचाप, मधुमेह, कुष्ठरोग, टीबी, युरिनमा प्रोटिनको मात्रा जस्ता समस्या पहिचान गरिनुका साथै खोप छुट भएका बालबालिकाको उपचार प्रक्रिया तुरुन्तै सुरु गरिएको हो ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

कार्यक्रम नगरका सबै वडामा स्वास्थ्यकर्मी, स्वयंसेवक र वडा प्रतिनिधिहरूको सहकार्यमा घरदैलोमै पुगेर सञ्चालन गरिएको थियो । नगरप्रमुख ओझाले अब यस कार्यक्रमलाई हरेक वर्ष संस्थागत रूपमा सञ्चालन गरिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

नगरपालिकाले २४ घण्टा सेवा दिने कृष्णपुर स्वास्थ्य चौकीमा आइसियु सुविधा सहितको सर्पदंश उपचार सेवा सञ्चालनको तयारीसमेत गरिरहेको छ । साथै, निःशुल्क ९८ प्रकारका औषधि, एम्बुलेन्स सेवा र विशेष स्वास्थ्य शिविरहरू पनि सञ्चालनमा छन् ।

स्वास्थ्य शाखा प्रमुख रतन सिंह विष्टले समुदायमै पुगेर सेवा दिन सफल भएको बताउँदै परीक्षणपछिको उपचार, परामर्श र रिफर सेवा समेत उपलब्ध गराइएको जानकारी दिए । उपप्रमुख द्रोपदी रानाले भने महिलाहरू, अपांगता भएका व्यक्ति, वृद्धवृद्धा र दीर्घरोगीहरूलाई प्राथमिकतामा राखेर कार्यक्रम सञ्चालन गरिएको बताइन् ।

कार्यक्रमको समापन समारोहमा नगरप्रमुख ओझा प्रमुख अतिथि थिए भने सभापतित्व स्वास्थ्य चौकी व्यवस्थापन समिति अध्यक्ष तथा वडा नं. ५ का अध्यक्ष टेक पाण्डेयले गरेका थिए ।

Loading...