मोटरसाईकल एक आपसमा ठोक्किदा एकको मृत्यु, ३ घाइते

कैलाली- कैलालीमा दुई वटा मोटरसाईकल एकआपसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन् ।

Ganyapdhura gau

पूर्वपश्चिम राजमार्ग अन्तरगत घोडाघोडी नगरपालिका–५ को डोकेबजारमा से ७ प ७०८९ र सुपप्र ०१००१० प ८४०५ नम्बरको मोटरसाईकल एकआपसमा ठोक्किएको प्रहरीले जनाएको छ ।

Navadurga sun
Dadhaldhura pur

उक्त दुर्घटनामा ८४०५ नम्बरको मोटरसाईकल पछाडि सवार घोडाघोडी नगरपालिका–१२ बस्ने २३ वर्षीय नोयल कठरीयाको मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) टेकबहादुर जोराले बताए ।

कठरीयालाई उपचारका लागि घोडाघोडी अस्पताल लगिकोमा चिकित्सकले मृत घोषणा गरेका थिए । उनका अनुसार मोटरसाईकल चालक दिपु कठरीया पनि घाइते छन् । उनको धनगढीको निसर्ग अस्पतालमा उपचार भइरहेको छ ।

अर्को मोटरसाईकलका चालक लम्कीचुहा नगरपालिका–४ बस्ने २५ वर्षीय उदय भाट र पछाडी सवार गौरव भाट पनि घाइते भएका छन् । उनीहरुको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

 

ADD Khali jpg
ADD Khali jpg
Loading...