मोटरसाइकल र अटो ठोकिदा कञ्चनपुरमा एकको मृत्यु

धनगढी । कञ्चनपुरमा मोटरसाइकल र अटो ठोकिदा एक जनाको मृत्यु भएको छ। जिल्लाको पुनर्वास नगरपालिका–१ शंशुवर्मास्थित हुलाकी राजमार्गमा दुर्घटना भएको हो। पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–०११ प ३४३२ नम्बरको मोटरसाइकल पश्चिमबाट पूर्व आउदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ह ४६०४ नम्बरको पेट्रोलियम अटोसँग ठोकिएको हो।

Ganyapdhura gau
Dadhaldhura pur

पुनर्वास नगरपालिका–२ मोतिबस्तीका ५० वर्षीय अटो चालक दान सिंह गम्भीर भाइते भएका थिए। उनलाई उपचारका लागि माया मेट्रो अस्पताल, धनगढी ल्याएकोमा चिकित्सकले मृत घोषणा गरेका छन।

Navadurga sun

प्रहरीका अनुसार मोटरसाइकल चालक ‘घ’ गाउँका २७ वर्षीय महेन्द्र शाही, मोटरसाइकलमा सवार २९ वर्षीय कालु शाही र अटोमा सवार २८ वर्षीय गोविन्द सिंह घाइते भएका छन्। महेन्द्र र गोविन्दको माया मेट्रो अस्पतालमा उपचार हुँदैछ। कालुको स्थानीय पोलिक्लिनिकमा उपचार जारी रहेको प्रहरीले बताएको छ।

 

ADD Khali jpg
ADD Khali jpg
Loading...