एनएनएसडब्ल्यूएद्वारा सामुदायिक प्रतिकार्य टोली लक्षित पाँच दिने विपद् व्यवस्थापन सम्बन्धी तालिम सुरू

अत्तरिया- कैलालीको चुरे गाउँपालिकामा सामुदायिक प्रतिकार्य टोलीलाई लक्षित गरि पाँच दिने विपद् व्यवस्थापन सम्बन्धी तालिम सुरू भएको छ। विपद् जोखिम न्यूनीकरण र पूर्वतयारीका लागि समुदायलाई सशक्तिकरण गर्नका चुरे गाउँपालिका वडा नम्बर ३ र ६ का सामुदायिक प्रतिकार्य टोलीका प्रतिनिधिहरूलाई लक्षित गर्दै पाँच दिने सामुदायिक विपद् प्रतिकार्य तालिम सुरू भएको हो। यस अघि गाउँपालिकाका अन्य वडाहरूलाई लक्षित गरि तालिम सम्पन्न भइसकेको छ।

Ganyapdhura gau

तालिम नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) र मर्सिकोर नेपालद्वारा सञ्चालित पूर्वानुमानमा आधारित पूर्वकार्यको सुदृढीकरण (सान) परियोजनाको आयोजना, चुरे गाउँपालिकाको समन्वय तथा कोकाकोला फाउन्डेसनको आर्थिक सहयोगमा सञ्चालन भइरहेको छ।

Navadurga sun

तालिमको उद्देश्यबारे प्रकाश पार्दै नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) का कार्यकारी निर्देशक अशोक बिक्रम जैरूले विपद्का बेला समुदायकै प्रतिकार्य महत्वपूर्ण हुने भएकाले समुदायलाई लक्षित गर्दै पाँच दिने विपद् व्यवस्थापन तालिम सञ्चालन गरिएको बताउनुभयो। उहाँले सान परियोजना अन्तर्गत चुरे गाउँपालिकामा स्थानीय आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापनाका लागि आवश्यक सामग्री र प्राविधिक सहयोगसमेत प्रदान गरिएको जानकारी दिनुभयो।

Dadhaldhura pur

चुरे गाउँपालिकाका अध्यक्ष चक्रबहादुर बोगटीले चुरे गाउँपालिका विपद्को दृष्टिले उच्च जोखिमयुक्त भएको उल्लेख गर्नुभयो। यस्तो तालिमले समुदायमा व्यवहारिक दक्षता र सचेतना वृद्धि गरी जोखिम न्यूनीकरणमा सहयोग पुग्ने विश्वास व्यक्त गर्दै उहाँले आयोजक संस्थालाई धन्यवाद दिनुभयो।

चुरे गाउँपालिकाका विपद् सम्पर्क व्यक्ति काली प्रसाद भट्टले बहु-प्रकोपीय जोखिममा रहेको चुरे गाउँपालिकामा समुदाय प्रतिकार्य तालिम अत्यन्त महत्वपूर्ण भएको बताउनुभयो। साथै, उहाँले तालिमसँगै खोज तथा उद्धार सामग्री पनि उपलब्ध गराउनुपर्नेमा जोड दिनुभयो।

तालिममा विपद् पहिचान, उद्धार, प्राथमिक उपचार, बाढी तथा पहिरो व्यवस्थापन, आगलागी तथा डढेलो नियन्त्रण, साथै भूकम्पपछिको तत्कालीन व्यवस्थापन सम्बन्धी व्यवहारिक विषयवस्तु समेटिएका छन्।

तालिमको उद्घाटन समारोहमा चुरे गाउँपालिकाका अध्यक्ष चक्रबहादुर बोगटी, उपाध्य धना देवी थापा, प्रमुख प्रशासकीय अधिकृत बिपीराज सोती विपद् सम्पर्क व्यक्ति काली प्रसाद भट्ट, वडा नम्बर ६ का अध्यक्ष प्रेम बहादुर साउद वडा नम्बर ३ का अध्यक्ष खगेन्द्र खडायत, इलाका प्रहरी कार्यालय प्रमुख दिपक बिष्ट लगायतको उपस्थिति रहेको थियो।

ADD Khali jpg
ADD Khali jpg
Loading...