सुदूरपश्चिम प्रदेशलाई ‘साक्षर प्रदेश’ घोषणा

धनगढी- सुदूरपश्चिम प्रदेशलाई आज “साक्षर सुदूरपश्चिम प्रदेश” को रूपमा औपचारिक घोषणा गरिएको छ । १५ देखि ६० वर्ष उमेर समूहका ९५ प्रतिशत नागरिकहरू साक्षर भइसकेको तथ्यांकका आधारमा यो घोषणा गरिएको हो । मुख्यमन्त्री माननीय कमल बहादुर शाहले विशेष समारोहमा प्रदेश साक्षर भएको घोषणा गरेका हुन् ।

Dadeldhura hospital

सामाजिक विकास मन्त्रालयद्वारा आयोजित कार्यक्रममा, ८८ वटा स्थानीय तहमा गरिएको सर्वेक्षण र शिक्षा विकास निर्देशनालय तथा साक्षरता अभियान प्रदेश समन्वय समितिको प्रतिवेदनका आधारमा यो निर्णय लिइएको हो । यसअघि सुदूरपश्चिमका सबै ९ जिल्लाहरू क्रमशः साक्षर जिल्ला घोषित भइसकेका थिए ।

Navadurga sun
Godawari sandesh

धनगढीमा आयोजित घोषणा कार्यक्रममा सामाजिक बिकास मन्त्री मेघराज खड्का, आन्तरिक मामिला तथा कानुन मन्त्री हिरा शार्की, भुमि, ब्यवस्था, कृषी तथा सहकारी मन्त्री बिर बहादुर थापा, एमाले ससंदिय दलका नेता राजेन्द्र सिहं रावल, माओवादी केन्द्र ससंदिय दलका नेता खगराज भट्ट, राज्यमन्त्रीहरू प्रकाश बम, सरस्वती खड्का र निर्मला साउँद लगायतको उपस्थिति थियो । सुदूरपश्चिम यो उपलब्धि हासिल गर्ने चौथो प्रदेश बनेको छ, यसअघि बाग्मती, गण्डकी र कोशी प्रदेश साक्षर घोषित भइसकेका छन् ।

Loading...