

अत्तरिया- कैलालीको चुरे गाउँपालिका र DID Mission TO Nepal संस्थाको प्राविधिक तथा लागत साझेदारीमा चुरे गाउँपालिकाभित्रका विभिन्न वडामा रहेका शारीरिक अपाङ्गता भएका ३६ जना नागरिकलाई सहायक प्रविधि सामग्री वितरण गरिएको छ ।



उक्त कार्यक्रम चुरे गाउँपालिकाका ६ वटा वडाकाे सहजपुर, खानिडाँडा र गर्भा दरबार गरी तीन क्लस्टर कलस्टमा वितरण गरिएको साझेदार सस्था DID Mission TO Neoal का प्रबन्ध निर्देशक तथा अपाङ्गता अभियानकर्मी नन्दराज भट्टले जानकारी दिए । सहायक प्रविधिमा पाँच प्रकारका सामग्री समावेश गरिएको जानकारी कार्यक्रमका साझेदार संस्था DID Mission TO Nepal का प्रबन्ध निर्देशक तथा अपाङ्गता अभियानकर्मी भट्टले बताएका हुन् ।


कार्यक्रमको उद्घाटन चुरे गाउँपालिका वडा नं. ३ मा गाउँपालिका उपाध्यक्ष धना थापाको प्रमुख आतिथ्यता तथा नन्दराज भट्टको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा वडा अध्यक्ष, सदस्य, सामाजिक अभियानकर्मी, कर्मचारी लगायत ६० जनाको उल्लेखनीय उपस्थिति रहेको थियो ।
उपाध्यक्ष थापाले अपाङ्गता भएका व्यक्तिहरूको दैनिक जीवन र आवागमन सहज बनाउन सहायक सामग्री वितरण गरिएको बताइन् । साथै, उनले पालिकाको आगामी नीति तथा बजेटमा समेत मानवीय विकासका कार्यक्रमलाई निरन्तरता दिइने प्रतिबद्धता समेत व्यक्त गरिन् ।