बेलौरी नगरले सार्वजनिक गर्‍यो ७४ करोड ७७ लाखको बजेट

कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिकाले आर्थिक वर्ष ०८२/८३ को नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ। बेलौरी नगरले १५औँ नगर अधिवेशन आयोजना गरी आइतबार ७४ करोड ७७ लाखको बजेट सार्वजनिक गरेको हो।

नगरप्रमुख पोतीलाल चौधरीले आउँदो आर्थिक वर्षमा यसअघिका गौरवका योजनालाई निरन्तरता दिँदै नगरको समृद्धिका कार्यक्रम सञ्चालन गरिने बताए। नगरप्रमुख चौधरीले नगरको शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, विकास निर्माण, समाजिक सुरक्षासहितका कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गरिने बताए।

Navadurga sun

बेलौरी नगरपालिकाले आगामी वर्ष पनि कृषिलाई प्राथमिकता निरन्तरता दिएको छ । ५० प्रतिशत अनुदानदेखि केराको थामबाट धागो, डोरी, उखुबाट मिठाई, गुर बनाउने उद्योग स्थापना गर्ने नीति अघि सारेको छ।

विपत् व्यवस्थापनलाई प्रभावकारी बनाउन विपत् व्यवस्थापन कोष सञ्चालन, जसमा जनप्रतिनिधि र कर्मचारीको तलब भत्ताबापत एक दिनबराबरकोे पारिश्रमिक जम्मा गर्ने नीति अघि सारेको छ। एक घर एक बिमा कार्यक्रम, नगर प्रहरी गठन, शिक्षालाई प्राथमिकताका साथै विद्यावारिधि गर्ने स्थानीयलाई प्रोत्साहनबापत एक लाख अध्ययन खर्च उपलब्ध गराइने उल्लेख छ।

नगर उपप्रमुख जोगराज चौधरीले आगामी आर्थिक वर्षका लागि ७४ करोड ७७ लाख ८० हजारबराबरकोे बजेट प्रस्तुत गरेका हुन्। जसमध्ये आन्तरिक आयतर्फ ३ करोड ७१ लाख ६८ हजार रहेकोे छ। नगर सभामा प्रस्तुत भएका नीति, कार्यक्रम तथा बजेटबारे नगर सभा सदस्यहरूलाई अध्ययन गर्न दिएको र विषयगत छलफलपछि पारित गरिनेछ।

ADD Khali jpg
ADD Khali jpg
Loading...