कटुवा पेस्ताेल सहित दुई भारतीय नागरिक पक्राउ

धनगढी- कैलालीको नेपाल–भारत सिमाना क्षेत्रबाट नेपाली प्रहरीले कटुवा पेस्तोलसहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

Dadeldhura hospital

आइतबार साढे चार बजेतिर धनगढी उपमहानगरपालिका–१२ काे पटरीघाटस्थित नेपाल–भारत सिमाना क्षेत्रमा अस्थायी  प्रहरी पोष्ट जुगेडा र जिल्ला प्रहरी कार्यालयको आपराध अनुसन्धान समूहबाट खटिएको टाेलीले पेस्तोलसहित दुई भारतीयलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

Navadurga sun
Godawari sandesh

पक्राउ पर्नेमा  भारतको उत्तर प्रदेशकाे लखिमपुर जिल्लाको बेलावर्सी बस्ने २४ वर्षीय सौरभ सिंह र  २० वर्षीय विपिन कुमार  रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहले बताए ।

उनका अनुसार पेस्ताेलमा लाग्ने एक राउन्ड गाेली पनि बरामद गरिएको छ । दुवै जनालाई नियन्त्रणमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Loading...