सुदूरपश्चिम प्रदेशको बजेट आज प्रस्तुत हुँदै

अत्तरिया- सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०८२/०८३ को बजेट आज प्रदेश सभामा प्रस्तुत गर्ने भएको छ । संविधानले व्यवस्था गरे अनुसार प्रदेश सरकारले असार १ गते सभामा वार्षिक बजेट प्रस्तुत गर्न लागेको हो ।

Dadeldhura hospital

प्रदेश सरकारको बजेट प्रस्तुतिका लागि आज (आइतवार) ५ बजे प्रदेश सभाको बैठक बोलाइएको प्रदेश सभा सचिवालयका सूचना अधिकारी युवराज जैसीले बताए ।

godawari10 Mahila hinsa
Navadurga sun

आगामी आर्थिक वर्षको बजेट तयारीको कार्य पूरा भइसकेको आर्थिक मामिला मन्त्रालयले जनाएको छ । बजेटको सबै काम पूरा भएको आर्थिक मामिला राज्यमन्त्री प्रकाश बहादुर बमले बताए ।

यसैबीच, प्रदेश सभामा प्रस्तुतिका लागि आर्थिक मामिला मन्त्री बहादुरसिंह थापालाई शनिबार नै बजेट वक्तव्य हस्तान्तरण गरिएको छ । मन्त्रालयका सचिव राजेन्द्रकुमार हमालले मन्त्री थापालाई बजेट वक्तव्य हस्तान्तरण गरेका छन् ।

Loading...