चुरे गाउँपालिकामा २ दिने खरीदसम्बन्धी तालिम सम्पन्न

अत्तरिया- चुरे गाउँपालिका, घरखेडा कैलालीमा स्थानीय तहका जनप्रतिनिधि तथा कर्मचारीहरूलाई लक्षित गरी दुई दिने खरीद सम्बन्धी तालिम सम्पन्न गरिएको छ।

Navadurga sun

कार्यक्रमको सभापतित्व गाउँपालिका अध्यक्ष चक्र बहादुर बोगटीले गर्नुभएको थियो भने उपाध्यक्ष धनादेवी थापा र प्रमुख प्रशासनिक अधिकृत बिबिराज सोती विशिष्ट अतिथिका रूपमा रहनु भएको थियो ।

तालिममा चुरे गाउँपालिकाका सम्पूर्ण कर्मचारी, वडा सचिवहरू, तथा ६ वटै वडा कार्यालयका वडा अध्यक्षहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमको सञ्चालन प्रशासन प्रमुख तथा सूचना अधिकारी कालिप्रसाद भट्टले गर्नुभएको थियो ।

ADD Khali jpg
ADD Khali jpg
Loading...