सुनको मूल्य बढ्यो, चाँदी घट्यो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढेको छ। अघिल्लो दिन १३ सय रुपैयाँले बढेको सुन आज १६ सयले बढेको हो। नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आज १६ सय रुपैयाँले बढेर एक तोला सुनको मूल्य १ लाख ९२ हजार ९०० रुपैयाँ कायम भएको छ।

बुधबार प्रतितोला सुनको मूल्य १ लाख ९१ हजार ३०० रुपैयाँ तोकिएको थियो। सुनको मूल्य बढेपनि चाँदीको मूल्य भने घटेको छ। आज एक तोला चाँदीको मूल्य २१ सय ५० कायम भएको छ। सोही परिमाणको चाँदी बुधबार २१ सय ६५ रुपैयाँमा खरिदबिक्री भएको थियो।

 

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...